नेपालले युएईलाई दियो २८६ रनको लक्ष्य

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १६:२५

२४ भदौ, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो ।

नेपलले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो । त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपलले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो ।

दुवैजनाले रन भने बनाउन सकेनन् । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए । १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए ।

त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए । उनले ८४ बलमा ९ चौका र १ छक्काको सयोयोमा यो योगफल तयार पारेका हुन् । रोहितपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए । भिम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे ।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे । कुशल मल्लले २२ रन बनाए । बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन-तीन विकेट लिए । त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले समान एक-एक विकेट लिए ।