एक्सोनमा नयाँ नेतृत्व

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार २०:००

२३ भदौ, बुटवल । एक्टिभ शोसियल सर्कल नेपाल(एक्सोन) रुपन्देहीको नवौ धारण सभा तथा सातौ अधिवेसनबाट अध्यक्षमा श्याम जिसी चयन भएका छन् ।

बुटवलमा भएको साधारण सभा तथा अधिवेसन बाट उपाध्यक्षमा धर्मेन्द्र कसौधन, सचिवमा धुब्र पाण्डे, सह सचविमा रुक्मांगद पोखरल कोषाध्यक्ष विरबल शर्मा निर्वाचित भएका छन् ।

यस्तै कार्य समिति सदस्यहरुमा शिवराज कार्की, शंकर केसी चयन भएका छन् । थप ३ जना कार्यसमिति सदस्य पछि चयन गर्ने निर्णय गरिएको छ । यस्तै लेखा समिति सदस्यमा लेखा समिति केशव सुवेदी चयन भएका छन् ।
समाजिक क्षेत्रमा रहेका विभिन्न विकृतीहरुको अन्त्य गर्दै समाजिक न्याय सहितको समातमुलक समाज निर्माणमा क्रियाशिल एक्सोनले आगमी दिनमा थप समाजिक कार्य गर्ने योजना बनाएको निर्वतमान अध्यक्ष डिपी खनालले जानकारी दिए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका महासचिव कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, डिपी खनालको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण ज्ञवालीको स्वागत र सचिव धर्मेन्द्र कसौधानको सञ्चालनमा भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष नारायण नेपालले शुभकामना मन्तव्य राखेका थिए ।