एपेक्सका विद्यार्थीहरूले बनाए परम्परागत नेपाली परिकारहरू

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १८:००

२३ भदौ,  बुटवल । रूपन्देहीको तिलोत्तमा-१ शंकरनगरस्थित एपेक्स स्कूलमा सोमबार ‘फूड फेस्टिबल’ सम्पन्न भएको छ । कक्षा ७ र ८ का झण्डै ८० जना विद्यार्थीहरू परम्परागत नेपाली परम्परागत परिकारहरू बनाएर आफ्ना साथीहरू, शिक्षक, र अभिभावकहरूलाई खुवाएका थिए ।

एपेक्स स्कूल जिल्लामा नै पहिलो फूड फेस्टिबल गर्ने विद्यालयमा पर्छ । ‘टेडिसनल नेपाली फूड रोसेपिस’ अन्तरगर्त फूड फेस्टिबल गरिएको हो ।

इन्टरनेशनल कायालेबेरिटिम प्रोजेक्टबीच डेम पब्लिक स्कूल हरियाना भारतसँग सहकार्य गरिएको प्रोजेक्ट मूल संयोजक अन्जु क्षेत्रीले जानकारी दिइन । विद्यार्थीहरू बटुक, सेलरोटी, चुकौनी, आलुको अचार, सेवै बनाएरका थिए । विद्यार्थीहरुले ५ समूह बनाएर परिकारहरु बनाएको क्षेत्रीले बताइन ।

विद्यालयका प्राचार्य दीपक गौतमले फूड फेस्टिबबाट विद्यार्थीहरूले योजना बनाउन, समूहका काम गर्न, खाना पकाउन, सामान बेच्न, व्यवसायिक कामको सिकाइ हुने बताए । विद्यालयले विद्यार्थीहरुका सिकाई वृद्धिको लागि अन्य मुलुकका विद्यालयहरुसँग पनि प्रोजेन्टमा सहभागी भएका काम गर्दै आएको छ ।