विप्लवका दुई विद्यार्थी नेता पक्राउ

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १६:५७

२३ भदौ, बैतडी । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरीले पक्रेको छ ।

अखिल क्रान्तिकारी दार्चुलाका जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्रेको हो ।

जिल्लास्तरीय नेतालाई बैतडीको दोगडाकेदार गाउँपालिका ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिनासर्त ससम्मान रिहाइ गर्न माग गरेका छन् ।