उपत्यकामा सडक लाइट व्यवस्थापनलाई उच्च प्राथमिकता

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १५:१५

२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाइटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाइट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताए ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना सार्वजनिक गरे । प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारे ।

जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढी प्रभावकारी बनाउने उनको भनाइ छ । प्रमुख ढकालले ट्राफिक व्यवस्थापनसम्बन्धी कानुन कार्यान्वयनमा पनि कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरे ।