पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले विकृति र सामाजिक चुनौती निम्ताउछ : सांसद चौधरी

बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार १४:३४

२२ भदौ,  काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रतिष्ठित उद्यमी विनोद चौधरीले पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति र नयाँ सामाजिक चुनौती निम्ताउने बताएका छन् । उनले विकास खर्च र साधारण खर्चको अनुपातमा पुनरावलोकन गर्न पनि आग्रह गरे ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद चौधरीले निर्यात घट्दै गएको भन्दै व्यापार घाटा कमगर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘पैत्रिक सम्पत्ति हस्तान्त्ररणमा समेत कर लगाउने करा आएका छन, यो हल्ला मात्र होला त्यसमै सीमित होस, पैत्रिक सम्पत्तिमा कर लगाउने कुराले गम्भीर विकृति जन्माउने निश्चित छ । नयाँ समाििजक चुनौती निम्ताउने निश्चित छ’ चौधरीले भने ।

सांसद चौधरीले भएका उद्योग धरासायी हुनेगरी कर नलगाउन समेत सरकरको ध्यानाकर्षण गराए । ‘धान्नै नसक्ने कर निर्धारण गर्दा निर्यात घट्ने तर्फ सरकारले सोचोस् । विकास र साधारण खर्चको अनुपातमा पुनरावलोकन गरोस् । ७५३ सरकारलाई डोजर र गाडी किन्ने नाममा भएका कर थोपर्दा उद्योग व्यापार धरासायी नहुन’, चौधरीले भने ।

चौधरीले सातवटै क्षेत्रमा औद्योगित क्षेत्रमा खोल्ने कुरा भाषणमै सिमित भएको टिप्पणी गरे । ‘सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने कुरा उद्घोषमै समिति भए । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रमा एउटा मात्र उद्योग खुलेको सुनिएको छ। भएका पूर्वाधारमा लगानीको वातावरण भएको भए उद्योग स्थापनाका लाइन लाग्थे’, उनले भने ।

पाँचवर्षको आकडा हेर्दा निर्यात निश्चित रकमले घट्दो रहेको भन्दै कृषिजन्य बस्तुलाई प्रतिष्पर्धी बनाउन राज्यले खर्च गर्नुपर्ने बताए ।