प्रदेश-२ : यादवलाई सपथ र झा नीति आयोगको उपाध्यक्षमा नियुक्त

बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार १३:१८

२२ भदौ,  जनकपुरधाम । प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। त्यस्तै प्रदेश २ को लोकसेवा आयोगको अध्यक्ष सुरेन्द्र यादवलाई एक समारोहका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको छ ।

नीति आयोगको उपाध्यक्षमा नियुक्त झाले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक भई केही वर्षअघि मात्र अवकाश लिएका हुन् । त्यस्तै प्रदेश नं.२ लोक सेवा आयोगको अध्यक्षमा नियुक्त सुरेन्द्र प्रसाद यादवलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थद्धारा आज पद तथा गोपिनियताको शपथ ग्रहण गराईएको हो । साथै उक्त समारोहमा प्रदेश २ को निती आयोगको उपाध्यक्षमा प्रा. डा.भोगेन्द्र झालाई नियुक्त पनि गरियो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री रामनरेश राय, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्रकुमार झा लगायत प्रदेश सांसद, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।