झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ

बुलेटिन संवाददाता
२१ भाद्र २०७६, शनिबार ११:५२

२१ भदौ, झापा । झापामा बोक्सी लागेको भन्दै यातना दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका-२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

‘पीडित महिलालाई ज्वरो आएको रहेछ,’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने, ‘उनीहरु ९कुमारी र दिनेश०ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।’ व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उनले बताए ।

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए ।

पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप ९कसुर र सजाय० ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।