नेपालले सिंगापुरमा त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने

बुलेटिन संवाददाता
२० भाद्र २०७६, शुक्रबार १६:३७

२० भदौ, काठमाडौं । नेपालले सिंगापुरमा त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने भएको छ ।

सिंगापुर क्रिकेट एसोसियसनको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर र जिम्वाव्वेबीच प्रतिस्पर्धा हुनेछ ।

सिरिज असोज १० देखि १६ असोजसम्म हुनेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

त्रिकोणात्मक सिरिज सकिएपछि नेपाल ओमन जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी–ट्वेन्टी सिरिज खेल्ने यसअघि नै तय भएको थियो ।

अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।