कृषिमन्त्री खनालले अस्पतालको शय्याबाट दूधको मूल्य बढाउने फाइल स्वीकृत गरे

दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढ्यो
बुलेटिन संवाददाता
१९ भाद्र २०७६, बिहीबार १६:४५

१९ भदौ, काठमाडौं । दूधको मूल्य बढेको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

कृषिमन्त्री चक्रपाणि खनालले अस्पतालको शय्याबाट दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेका हुन् । मन्त्री खनाल डेंगु ज्वरोको प्रकोपको कारण ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

दूग्ध विकास संस्थानको बैठकपछि आज बेलुकी निर्णय सार्वजनिक गरिने बताइएको छ । बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले जानकारी दिए ।

बढेको दूधको मूल्य शनिबारदेखि लागू हुने अध्यक्ष गिरीले जानकारी दिए ।