विश्वकप छनोट : नेपाल कुवेत विरुद्व खेल्दै

बुलेटिन संवाददाता
१९ भाद्र २०७६, बिहीबार १२:१९

१९ भदौ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुवेतविरुद्व खेल्दै सुरुवात गर्नेछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले बिहिबार पहिलो लेगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो । कुवेतको जविर अल अहमेद इन्टरनेशनल मैदानमा हुने खेल नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह बीमा छ । नेपाल रहेको समुहमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाईनिज ताईपे रहेका छन् ।

फिफा वरियतामा नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औं स्थानमा छ ।

गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो खेलमा गोल रहित बराबरीखेलेका थिए । त्यस्तै दोस्रो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।