भोट गर्न शुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

बुलेटिन संवाददाता
१८ भाद्र २०७६, बुधबार २०:३६

१८ भदौ, बुटवल । नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन ।

उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, चितवनका मुना अर्याल, भोजपुरका दिपेन्द्र राई, बाजुराका पबिन्द्र सुनार, रोल्पाका शनि विश्वकर्मा, स्याङजाका चेतन गोतामे, सर्लाहीका रबिराज शाह, उदयपुरका बिनोद दनुवार र बाजुराका प्रभुराज पाण्डे रहेका छन ।

बागेश्वरी संगितालयमा आचार्य गायनमा ब्याचलर तेस्रो वर्ष अध्ययरत रहेको सुरेश सेन्चरीले बताए । चोकचोकमा प्रचारप्रसारलाई गरिने उनले बताए । प्रदेश ५ बाट शनि विक र सुशील आचार्य प्रतियोगितामा अन्तिम १० मा छन । प्रतियोगितामा ८० प्रतिशत भोट र २० प्रतिशत निर्णायकको भुमिका रहन्छ ।

प्रतियोगिताको विजेताले नगद ५० लाख नगदसहित २५ लाखको ईन्सुरेन्स हुने छ यसैगरि दोस्रो हुनेले नगद २५ लाख र तेस्रो हुनेले नगद १० लाख पुरस्कार पाउने छन । चाहना मिडियाको आयोजनामा एपी वानको प्राविधिक सहयोगमा जेठको २६ गतेबाट शुरु भएको हो ।

नेपालभरिका मुख्य शहरहरुमा ५० प्रतियोगीको छनौट गरि कुल ३ सय ५० प्रतिस्प्रर्धाबाट अन्तिम १० सम्म पुगेको छ ।