नवज्योति युवाक्लवकाे आयाेजनामा तिज विशेष नृत्य प्रतियाेगिता सम्पन्न

छाया पन्थ
१७ भाद्र २०७६, मंगलवार १९:३७

१७ भदौ, बुटवल । नवज्योति युवा क्लवकाे आयाेजनामा तिज विशेष नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ । समय समयमा विभिन्न सामाजिक काम गर्दै आएकाे साे क्लवले हिन्दु नारीहरूकाे महान चाड हरितालिका तिजकाे अवसरमा फरक किसिमकाे साे प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

विभिन्न टाेल विकास समूह , आमा समूह तथा एकल रूपमा प्रतिष्पर्धीले आ आफ्ना नृत्य प्रस्तुत गरेका थिए । बजारमा चलि आएका तिजका गितमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए । सहभागी मध्य सृजना पाण्डे प्रथम , स्नेहा क्षेत्री दाेस्राे र विपिना लम्साल तेस्रो साथै भावना खड्का र सुस्मिता के सीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजेताहरूलाई नगद पुरस्कार कमश ५०००, ३०००, २००० र १००० साथै प्रमाणपत्र समेत प्रदान गरिएकाे छ । त्यस्तै प्रतियाेगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेकी कृतिमा गाैतमलाई नगद रू २५०० र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दधिराम गाैतम र कार्यक्रम संयाेजक तथा क्लवका काेषाध्यक्ष सागर भट्टराईले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बद्री घिमिरे, पुनम थापा र श्रवण पन्थीले निर्णायककाे भूमिका प्रस्तुत गरेका थिए । साे कार्यक्रम शंकरनगर दुर्गादत्त माविकाे प्रांगढमा सम्पन्न भएकाे थियाे ।