रेडियो मलमलाको खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न, पर्रोहा बुहुमुखीलाई उपाधि

बुलेटिन संवाददाता
१५ भाद्र २०७६, आईतवार १४:४१

१५ भदौ, सैनामैना । श्री मलमला मिडिया प्रालिद्धारा संचालित रेडियो मलमला मलमला ८८।६ मेगाहर्जको आयोजनामा आयोजित खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा रेडियोले सैनामैना ४ मुर्गियामा ‘महिला सशक्तिकरण’ विषयक खुल्ला तिज गित प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न गरेको हो । खुल्ला तिज गित प्रतियोगिताको उपाधि सैनामैना ४ मुर्गियामा रहेको पर्रोेहा बुहुमुखी क्याम्पसले हात पारेको छ । पर्रोहाले नगद २० हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।

यसैगरी शहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसले द्धितीय स्थान हासिल गरेको छ । शहिदले नगद १० हजार र प्रमाण प्राप्त गरेको हो । यसैगरी तृतिय र सान्त्वना क्रमश : रुपन्देही मोर्डन ईङ्लिस स्कुल र हिमाल ईङ्लिस बोडिङ स्कुल हुन सफल भएका छन् । उनीहरुले नगद ५ हजार र ३ हजार सहित प्रमाण प्राप्त गरे । विजयी समुहरुलाई प्रालिका अध्यक्ष मिन प्रसाद पौडेल र नगर उपप्रमुख बिना रानाले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा १० समुहको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगर उपप्रमुख बिना रानाले रेडियोले आयोजना गरेको तिज गीत प्रतियोतिाले चाड पर्वको संरक्षण गर्नुका साथै कला र प्रतिभाको उजागर गर्नेमा टेवा पुग्ने बताइन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी रानाले तिज पर्वलाई भड्किलो किसिमले नमनाउन समेत सम्पुर्णमा आग्रह गर्दै तिज पर्वको सम्पुर्णमा शुभकामना व्यक्त गरीन ।

प्रालिका अध्यक्ष मिन प्रसाद पौडेलले विगतका वर्षमा जस्तै यस वर्ष पनि रेडियोले सन्देशमुलक तिज गीत प्रतियोगिताको आयोजना गरेको बताए । उनले तिज पर्वको महत्व बढ्दै गएको बताउँदै नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका लागि संचार क्षेत्रको महत्वपुर्ण योगदान हुने उल्लेख गरे ।
कार्यालय प्रमुख टिका खरेलले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण संघसंस्था,व्यापारिक प्रतिष्ठान,विज्ञापनदाता लगायत सम्पुर्णमा धन्यवाद ज्ञापन गरे ।

साथै संचालक समिती,शेयर सदस्य सँगै दर्शक श्रोता र रेडियो कर्मचारीहरुमा समेत कृतज्ञता व्यक्त गरे । कार्यक्रममा निर्णयक मण्डलको भुमिका राष्ट्रिय लोक तथा दोहोरी गायकद्धय बैकुण्ठ महत,लक्षमण खड्का,गायिक युमना अर्यालले गरेका थिए । रेडियो मलमलाका अध्यक्ष मिन प्रसाद पौडेलको अध्यक्षता,सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम संचालक समिती सदस्य खुसीराम चौधरीको स्वागत तथा सुरज थापा मगर र विष्णु खत्रीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायकद्धय बैकुण्ठ महत,लक्षमण खड्का, लोक तथा दोहोरी गायिकहरु शुशिला गौतम,यमुना अर्याल र रेनुका भट्टराईले दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्य विभिन्न सांस्कृतिक कार्यक्रम समेत भएका थिए ।

कार्यक्रममा रेडियाका संचालक समिती सदस्य,शेयर सदस्य,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,व्यापारीक प्रतिष्ठान,पत्रकार, स्थानिय लगायतको सहभागिता रहेको थियो ।