मोती जयन्तीको सन्दर्भमा रचना वाचन

स्व. कृष्ण पहारीको सम्झनामा अक्षयकोष
भोजराज भट्टराई
१३ भाद्र २०७६, शुक्रबार २०:२२

१३ भदौ, पाल्पा । मोतीराम भट्टको जन्मजयन्तीको सन्दर्भमा शुक्रबार पाल्पामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली साहित्यको प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रर्वतक मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा पोखराथोक साहित्य संगमले रचना वाचन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष शालिकराम पौड्यालले भाषा, भेषभूषा संस्कृति नै नेपाली नागरिकको पहिचान हो भन्ने राष्ट्रवादी सोंच मोतीराममा रहेकोले उनको योगदानलाई भुल्न नहुने बताए । पौड्यालले साहित्यिक संघ संस्थाहरूले राष्ट्रिताको भावना जागृत गर्दै सिर्जनात्मक संकल्पका साथ सामुहिक सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

मोतीरामको जीवनीबारे चर्चा गर्दै साहित्यकार डा. शंकर गैरेले नेपाली साहित्यको उत्थान र उन्नयनमा मोतिरामको योगदान महत्त्वपूर्ण रहेको जनाए । गैरेले मोतीराम थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्त धेरै योगदान पु¥याउने प्रेरक व्यक्तित्व, कुशल प्रतिभा भएको बताए ।

कार्यक्रममा जगत्रदेवी साहित्य संगमका अध्यक्ष सुर्यप्रसाद डुम्रे, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, पोखराथोक मा.वि.का प्रध्यानाध्यापक सुरेश गैरेले शुभकामना मन्तव्य राखे ।

यस्तै साहित्यकारहरू मन गहिरे, झपेन्द्र खनाल, सुसील गैरे, फणिन्द्र बस्याल, जयप्रकाश उप्रेती, दुर्गा अर्याल, बालकृष्ण, आयाम कार्की, पुरुषोत्तम अर्याल, नारायण पाण्डे, गोविन्द खनालले रचना सुनाए । यस्तैगरी दामोदर भुसाल, सुप्रिम आँसु, चुट्का भजन समितिले समेत सिर्जनात्मक प्रस्तुती राखे ।

कार्यक्रममा रामप्रसाद अर्याल, भोजराज भट्टराई, गीता रेग्मी, विश्वनाथ रेग्मी, गणेश नेपाली, गोमबहादुर क्षत्री, इश्वरी बस्याल, होमनाथ काफ्ले, भावना खनाल, लक्षिमा ज्ञवाली लगायतले रचना प्रस्तत गरेका थिए ।

रचना वाचन कार्यक्रम पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराईको अध्यक्षता, सचिव जानका नेपालको स्वागत र उपाध्यक्ष विश्वनाथ गैरेको सञ्चालनमा चलेको थियो । कार्यक्रम अवधिभर सामुदायिक रेडियो मदनपोखराले प्रत्यक्ष प्रसारण गरेको थियो ।

यसैबीच पोखराथोक साहित्य संगमका संस्थापक एवम् पूर्व अध्यक्ष कृष्ण पहारीको स्मृतिमा पहारिका परिवारबाट रु. ५० हजार प्रदान गरिएको छ । कृष्ण पहारीका छोरा विशाल पहारी, छोरीहरू विद्या पहारी सापकोटा र सम्झना पहारी उप्रेतीले आफ्ना पिताको सम्झनामा पिताकै मुख हेर्ने दिनमा आक्षयकोष स्थापना गरी साहित्यिक कर्मलाई अगाडि बढाउन सहयोग पु¥याएका छन् । स्व. पहारीका पत्नी विष्णु पहारीले अक्षयकोषको रकम सोही कार्यक्रम सङ्गगमका अध्यक्ष हरि भट्टराईलाई प्रदान गरेकी थिइन् ।

स्व. पहारीको सम्झनामा परिवारको सल्लाह बमोजिम साहित्यिक योगदान पु¥याउने व्यक्तिलाई प्रत्येक वर्ष मूलधनको व्याजबाट प्राप्त अक्षयकोषको रकमबाट सम्मान प्रदान गरिने संगमका उपाध्यक्ष विश्वनाथ गैरेले बताए । पोखराथोक साहित्य सङ्गगमको प्रकाशनमा पहारी परिवारले स्व. पहारीको सम्झनामा यसअघि कृष्ण पहारी स्मृति ग्रन्थ प्रकाशन गरेको छ ।

स्मृति ग्रन्थ सार्वजनिक समारोहमै स्व. पहारीका सुपुत्र विशाल पहारीले पोखराथोक साहित्य संगमलाई सहयोग गर्ने बचन दिएका थिए । स्व. पहारीका कविता, मुक्तक, गजल गरी तीनवटा कृति प्रकाशित भइसकेका छन् भने आधा दर्जन बढी कृतिहरूका अप्रकाशित पाण्डुलिपीहरू सुरक्षित छन् ।