नरीवल जस्तै मेरो ‘बाबा’

रमेश पराजुली
१३ भाद्र २०७६, शुक्रबार १२:२७

१३ भदौ, बुटवल  । आज भाद्र कृष्ण औँसी । बाबाको मुख हेर्ने बिशेष दिन वा पिताको सम्मान, सम्झना अनि बिशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तर हुन्छ, उदाएको सुर्य अस्ताउने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले अभिभावक बनेर, कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन् ।

हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म अनि सुरक्षा दिने बुबा । शब्दबाट कसरी व्याख्या गरू । यो वास्तविक हो कि “बा नरीवलजस्तै हुन्छन् १ बाहिर जति कडा र जटिल देखिएपनी भित्र नरम र मिठो १ आँखामा माया नदेखाएपनी मुटुभरी आफ्नै सन्तानका माया, पिर र चिन्ता लिएर बाँच्छन् । हामी चिन्दैनौ बुझ्दैनौ र पो” । बाबा हजुरले मलाई हुर्काउन, बढाउन जुन प्रकारले कष्टपूर्ण र दुःखदायी जीवन बिताउँदै, दुःखका काँडेतारहरू पन्छाउँदै, भविष्यप्रति उत्साहित भएर हेर्नुभयो र मबाट हजुरहरूले धेरै आशा र भरोसा पनि गर्नु भएको छ ।

स्वाभाविक रूपमा एउटा छोराबाट आमाबाबाहरूले आशा गर्ने कुरा ठिकै हो । मेरा बाबा आमाले जेजे गर्नु भयो सायद मैले पनि त्यही नै सिकेँ । जीवनमा प्रेम सिकेँ । दिन सिकेँ । सन्तुष्टि सिकेँ । दुःखलाई लुकाएर हाँसी रहन सिकेँ । बाँडेर खान सिकेँ । जे सिकेँ सबै मैले मेरा बाबा आमाबाटै सिकेँ । हुन त मम्मीको पनि मेरो जीवनमा कम योगदान भने छैन ।

निकै हक्कि मैले जे भनेपनि मेरा इच्छा, चाहना पुरा गर्न तयार बुवाको त्यो स्वभावले साहस र दृढता सिकायो । म निकै अभावमा पनि बाचेँको छु । हामी ४ जना दिदिभाई कान्छो म दिदिहरुले पनि मलाई कुनै कुराको अभाव महसुस हुन दिनुभएन म अहिले जुन अवस्थामा छु यहाँ सम्म आउनुमा मेरा दिदिहरुको पनि ठुलो हात छ, सपोर्ट छ, योगदान छ ।

गौरव गर्ने कुरा हामीलाई बुवा आमाले सिकाउनु भयो । अभावकै बीच पनि उहाँहरुले छाती चौडा र शिर ठाडो पारेर हिँड्न सिकाउनुभयो । यसमा बुवाको हक्की र आमाको सन्तुष्टि दुवै चीजले काम गर्यो ।

आजभोलि बाबा आमाको माया वास्तविकता भन्दा बढी फेशबुक का भित्ताहरूमा व्यक्त हुन थालेको छ । बाध्यता भनौ या बिवशता यो वर्षपनि बाबासँग सँगै बसेर यो बिशेष दिन मनाउन पाहीएन तर आज हजुर सङ्ग सङ्गै बसी हजुरलाई खुसी दिन नपाएता पनि हजुरले म प्रति गरेको माया, ममता र स्नेह सम्झिरहेकोछु सधैभरि सम्झिरहनेछु बाबा। बाबालाई सम्झिन र माया गर्न आजकै दिन कुर्न पर्छ भन्ने पनि छैन बाबा आमालाई कुनै शब्दमा समेटेर सकिदै सकिदैन शब्दमा समेटेर साँगुरो बनाउन चाहिन । बाबा हजुरलाई कहिल्यै पनि दुखी देख्न नपरोस् बस यहि कामना गर्छु ।

हजुरले मलाई धेरै पटक मृत्युको मुखबाट फर्काउनुभो तपाईंको माया, ममता, स्नेह र साथ सहयोगले गर्दानै मैले यो सुनोेलो संसार हेरिरहेको छु, रमाएको छु यो सबै योगदान कसको हो र रु त्यसैले आजमात्र होइन सधै सधै तपाईंको माया, ममता र स्नेहको कदर गर्नेछु । हाम्रा सन्तनीहरुलाई समेत बाबा आमाको महत्व र त्यागबारे जानकारी गराउँदै जानुपर्छ ।

सुख, दुःख, सफलता र असफलताको कडीको रुपमा बाबा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ । आफ्ना सन्तानलाई ताते(ताते गरेर हिँड्न सिकाउन, यो संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नोभन्दा पहिलो प्रथमिकता दिएर पूरा गराउन सधैं आमाबुवाले प्रयास गरिरहन्छन् । सन्तान जति नै भए पनि आफ्ना बुवाआमाको लागि सबै सधैं प्रीय रहन्छन् ।

बाबा आमाको अर्ती उपदेशलाई सधै सिरोपर गरेर यात्रा गर्न सकिएमा सफलता टाढा छैन । बाँचुन्जेल बाबा आमालाई सम्मान गर्न नसक्नेले मरेपछि ‘मेरा बाबा आमा यस्ता र उस्ता’ भन्नेहरु पनि समाजमा प्रशस्त छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । म घरबाट निस्कने बेलामा सधैं अनेकौं सपना बुन्दै आशिर्वाद दिनुहुन्छ मेरा बाबा आमा तपाईंहरूका आशिर्वाद सपनाहरू पुरा गर्ने लक्ष्य मा निरन्तर प्रयास मा लागीरहेको छु र लागिरहनेछु ।

यद्यपि समयसँगै हरेक कुरामा आएको परिवर्तनका कारण आज बाबा आमा र छोरा छोरीबीचको सम्बन्ध मानसिक रूपमा धेरै टाढा नहोला तर शारीरिक रूपमा भने टाढिँदै गएको पाइन्छ । आजको व्यस्त युगमा सबैसँग सँगै बसिरहने समय हुँदैन । बढ्दो आधुनिकतासँगै शहरी जीवन अपनाउने चाहनाले सन्तानहरु बुवाआमालाई वृद्धाश्रममा राख्ने चलन बढ्दै गैरहेको छ ।

करियर बनाउने दौडमा बाबा आमादेखि छुट्टएिर बसेका कतिपय सन्तान फादर्स डे, मदर्स डे मा इन्टरनेटमार्फत न्याउरो अनुहार लगाएर बल्लतल्ल केही क्षण कुरा गर्ने फुर्सद निकाल्छन् त कतिपयले त्यसो गर्न पनि नभ्याएर तिथिअघि नै वा केही दिनपछि भए पनि अनलाइन गिफ्ट पठाएर चित्त बुझाउँछन् । समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्त्व उही उचाइमा छ।

अर्कोतर्फ सम्पति हुन्जेल आमाबुबा, सम्पति नभएपछि बृद्घाश्रम पु¥याउने छोराछोरीहरु समेत हाम्रै समाजमा छन् । मातातिर्थ औशीको दिन औपचारिकताका लागि बाबालाई भेट्न जाने, बाबा आमा गुमाएकाहरुले दानदक्षिणा गर्ने चलन छ । “खाए खा नखाए घिच” भनेजस्तै आफू उच्च ओहदामा पुग्दा समेत बाबा आमाको कन्त विजोग हेरेर बस्न सक्नेहरु पनि समाजमा नै छन् ।

मातृ वात्सल्यतालाई भुलेर आजकल मानिसहरु पश्चिमी शैलीमा उत्रिएका कारण बाबा आमालाई माया गर्ने भन्दा पनि हेंला गर्ने, गालीगलोच गर्ने गलत प्रवृत्ति समाजमा बढ्दै गएको छ । आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुबाहरुलाई छोराछोरीहरुले अंश र सम्पतिको लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । “कुमालेको चक्र” जस्तै हाम्रो जिन्दगी घुमीरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन आजका युवापुस्ताले रु यो प्रश्नको बिषय बनेको छ ।

अन्त्यमा स् आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफुले दुख, कष्ट पीडा सहँदै भोकै बसेर भएपनी निरन्तर संघर्ष गर्दै पसिना बगाईरहने सबै बाबाहरूलाई कोटि कोटि नमन ।