प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा यादव सिफारिस

बुलेटिन संवाददाता
६ भाद्र २०७६, शुक्रबार १२:४६

६ भदौ, धनुषा । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्रप्रसाद यादव सिफारिस भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार आयोग अध्यक्षमा डा. यादवलाई सिफारिस गरिएको हो । अध्यक्षमा सिरफारिस भएका डा. यादव सिरहाको औरही गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य समेत रहेका उनले सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा अध्यापन गर्दथे । सिफारिस समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् ।