बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु

बुलेटिन संवाददाता
५ भाद्र २०७६, बिहीबार १६:२३

५ भदौ, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा आज बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–४ की ५६ बर्षीय रामकली शाहीको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका सिडियो रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

घर नजिकैको खेतमा घाँस काट्दै गर्दा शाहीलाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।