कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुलाई समेटेर ‘गन्तव्य कर्णाली’ प्रकाशन

बुलेटिन संवाददाता
४ भाद्र २०७६, बुधबार १४:३०

४ भदौ, काठमाडौं । कर्णाली प्रदेशका दशै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाई समावेश गरेर फोटो किताव प्रकाशन भएको छ । भरतबन्धु थापाको लेखन तथा तस्बिर समावेश गरेर इकोनोमिक रिर्फम मिडिया प्रालीको सयोजनमा भू तथा जलधार व्यबस्थापन कार्यलय, कर्णाली प्रदेश सुर्खेतले गन्तव्य कर्णाली फोटो किताव प्रकाशन गरेका हो ।

‘अथाहा सम्भावना बोकेको कर्णालीलाई यती सानो किताबमा कहाँ समेटन सकिन्छ रुु थापाले भने, ‘तर पनी केही जानकारी तथा कर्णालीको बिषयमा प्रचार प्रसार होस भन्ने हेतुले यो प्रकाशन गरीएको बताए ।

थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रर्वघन गर्ने हेतुले बिभिन्न संघ सस्थाहरुसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाण्डौ लगाएतमा पश्चिम नेपालका पर्यटकीय स्थलको तस्बिर प्रर्दशनी गरिसकेका छन् भने । बाघ हेर्न प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरिसकेका छन् ।

गन्तब्य कर्णाली फोटो कितावमा आन्तरिक पर्यटकको अत्याधिक रुचि देखाएको रारा देखी नेपालकै सबैभन्द उच्च स्थानमा रहेको मानव वस्ती डोल्पाको द्यो, ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगाएतका तस्बिरहरु समावेश गरिएका छन् । कितावमा कर्णाली प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय नक्शा समेत समावेश गरीएको छ ।

थापाले ६ बर्ष अघि हिमालयन म्याप हाउसको प्रकाशनमा पहिलो पटक पश्चिम नेपाल अर्थात तत्कालिन मध्य र सुदूर पश्चिमलाई समेटेर वाईलड वेष्ट नेपाल फोटो किताव प्रकाशन गरेका थिए ।