ओलि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनाउदै छन : काँग्रेस नेता निधी

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १९:१७

३ भदौ, बुटवल । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओलि सरकारले अधिकार आफै सकुचित गरेर राखी प्रदेश मुख्यमन्त्री र गृहमन्त्री कमजोर बनाएको आरोप लगाएका छन् ।

उनले संविधान र संघीयमर्म अनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सुरक्षादेखी धेरै बिषय प्रदेशमा मूख्यमन्त्री कमजोर भएको बताए । उनको सातै प्रदेशका मुख्यमन्त्रीलाई निरही बनाउने काम सरकारले गरेको दाबी रहेको छ ।

रिपोर्टर्स क्लवले मंगलबार (आज) बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकार संविधान र संघीयमर्म अनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताए । उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संधिान र संघीयता धरापमा परेको आरोप समेत लगाए । सरकार अपरिपक्क र फितलो हुंदा संविधान कार्यान्वयन हुन नसकको दावी गरे ।

पूर्व गृहमन्त्री समेत रहेका नेता निधीले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निमर्ला हत्या प्रकरण रेकडेट युस्सु भएको समेत दावी गरे । उनले काँग्रेसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै काँग्रेस संविधान र संघीयताको पक्षमा रहेको बताए ।

राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुराउने गरी काँग्रेसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ । नेपाली काँग्रेसले प्रदेश तल्लो तह बलियो बनाउदै जुन सुकै बेला पनि हुने निर्वाचनमा तयार बन्ने बताए ।