सर्बाेत्तम टिपिएलमा १० टिमको सहभागिता हुने

भदौ १४ गते अक्सन
बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १७:४९

३ भदौ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग ३ मा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो सँस्करणका ४ टिम सहित ६ नयाँ टिम दर्ता भएका छन ।

आयोजकले आज मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा सहभागि हुने टिम र टिम ओनरका बारेमा जानकारि दिएका हुन ।

प्रतियोगितामा साविक बिजेता समेत रहेको लुम्बिनि कासाई, उप विजेता रोयल शंकरनगर, ज्ञानोदय गोल्डस् र मणिग्राम किंङ्गस् सहित १० टिम दर्ता भएका हुन । प्रतियोगितामा रुपन्देही पल्टनस्, बुटवल युनाइटेड, पाल्पाली लिजेण्डस्, सुपर ११, भैरहवा, सियारी राइनोज् र तिनाउ टाइटनस्ले सहभागिता जनाउने भएका हुन ।

असोज २५ गतेदेखि हुने प्रतियोगितामा सहभागि हुने खेलाडिहरुको अक्सन यही भदौ १४ गते अक्सन हुने भएको छ । १ सय ३० खेलाडिका लागि २ सय ४० खेलाडिले अक्सनमा सहभागिता जनाएका छन ।

पत्रकार सम्मेलनमा मिस तिलोत्तमा २०७५ रितु भण्डारिसंग ब्राण्ड एम्बेष्डरको सम्झौता समेत भएका छन ।


प्रतियोगिताको प्रथम हुने टिमले नगद ४ लाखको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेता हुने टिमले २ लाख सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने म्यान अफ दी सिरिजलाइ नगद २० हजार, शिल्डबाट पुरस्कृत गरिने आयोजकले जानकारि दिएका छन ।

यसैगरि विद्यागत रुपमा बेष्ट ब्याट्सम्यान, बेष्ट बलरलाई नगद १० हजार शिल्ड, इर्मजिङ प्लेयरलाई नगद ५ हजार, शिल्ड तथा हरेक प्रतियोगितामा भ्यालुयवर प्लेयर र पचास रन बनाउने खेलाडीलाई नगद १ हजार, शिल्डबाट पुरस्कृत गरिने बताइएको छ ।

यसैगरि एक टिमलाई टिम फेयर प्ले अवार्ड घोषित गर्दै नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित गर्दै नगद एक हजार ५ सयबाट पुरस्कृत गरिने छ ।


तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिस तिलोत्तमा रितु भण्डारी, सवोत्तम सिमेन्टका सौरव सिंह, तिलोत्तमा क्रिकेट बिकास समितिका कार्यकारी अकिृत दिपक भुर्तेल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन तिलोत्तमा क्रिकेट बिकास समितिका सचिव राजेन्द्र केसिले गरेका थिए ।