बझाङमा चोरीको बिगबिगी, प्रहरी प्रशासन मौन

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १३:३७

३ भदौ, बझाङ । बझाङको खप्तड छान्ना गाँउपालीकामा चोरहरुको बिगविगी बढेको छ । खप्तड छान्ना गाँउपालीका वडा नँ ३ मा रहेका होटल,खुद्रा पसल,र स्थानियवासीहरुको घरमा चोरी भएको त्यहाँका स्थानिय वासीन्दाहरुले बताएका छन ।

रावलका अनुसार आप्नो पसलमा एकै महिनामा तिन पटक चोरी भएको छ त्यस्तै अर्का ब्यापारी कमल रावलको पसलमा दुई चोरी भयो गडराया पसल पाटादेवल दिनेश रोकायाको पसलमा चार पटक चोरी भयो माझीगाँउ सुरेन्द्र रोकायाको पसलमा चार पटक चोरी बताए ।

चोरहरुले पसलमा राखेका लुगाकपडा, सावुन, चाउचाउ, चिनी श्रृङगारका सामानहरुहरुका साथै पोल्टी फममा राखेका कुखुराहरु समेत चोरी गरेर लिने गरेको स्थानिवासी सुरेन्द्र खड्काले बताए ।

सावन महिनाको अवधीमा मात्रै हाम्रो वडामा बिभिन्न मितीमा तिस पटक जती चोरी भएको छ प्रहरीमा उजुरी गर्दा पनी नजिकै रहेकोे प्रहरी चौकीले कुनै वास्ता नगरेको स्थानिय ब्यापारी लक्ष्मी देखी खड्काले बताए ।

यस बिषयमा कुराकानी गर्दा खप्तड छान्ना गाँउपालीका प्रहरी चौकी इन्चार्ज भुवन सिँह वोहराले दिनमा हामीले डिउटी गरीरहेको छौ । रातीको समयमा डिउटी गर्न गा¥हो हुने र त्यहाँकै स्थानिय पेसेवर चोरहरुले चोरेको हुन सक्ने बताए ।