अछाममा चट्याङ लागेर एक जनाको मुत्यु

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १३:१६

३ भदौ , अछाम । अछाममा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ ।

साफेबगर नगरपालिका-११ देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो ।

सोमबार दिउसो करिब साढे ३ बजे तिर एक्कासी चट्याङ परी बोहराको घटनास्थलमै ज्यान गएको स्थानीय रुप कुमार ओडलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक बहादुर धामीले बताए ।  मृतक बोहराका श्रीमती र दुई छोरी छन् ।