सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग भित्रै नायबसुब्बाले गरे आत्महत्या

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १२:४६

३ भदौ, काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसर भित्र एकजना नायबसुब्बाले आत्महत्या गरेका छन् ।

सिंहदरवार परिसरमा रहेको राष्टिय योजना आयोग भवनमा नायब सुब्बा बच्चु केसी विष सेवन गरी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी घटनास्थल पुगेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । (यो सामाचार नागरिक खबरबाट साभार गरिएको हो । )