साँझ ५ बजे प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

बुलेटिन संवाददाता
३ भाद्र २०७६, मंगलवार १२:२९

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् ।

संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी गरी चार राजनीतिक दल छन् । लामो समयदेखि दलहरुबीच रहेको सम्वादहीनताको अवस्थालाई प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकले अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले पार्टी एकताको लामो समयसम्म पनि एकटालाई टुंगोमा पुर्याउन सकेको थिएन । तर, एकताका लागि महत्वपूर्ण मानिएको विषयमा नेकपाको सचिवालयले टुंग्याएको केहीदिनभित्रै प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक मंगलबार (आज) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।