कलाकार मञ्चमा लामिछाने

बुलेटिन संवाददाता
१ भाद्र २०७६, आईतवार २०:३१

पाल्पा, १ भाद्र
आइतबार पाल्पामा संगित क्षेत्रमा आबद्ध कलाकारको भेलाले प्रेम लामिछानेलाई निर्विरोध अध्यक्षमा चयन गरको छ । तानसेनमा भएको पहिलो अधिवेशनले लामिछानेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन गरेको हो ।

स्रोतका अनुसार समितिको बरिस्ठ उपाध्यक्षमा सुमन थापा, उपाध्यक्षमा पुरन गाहा, महिला उपाध्यक्षमा निरु सुनार, महासचिवमा सुमन गैरे, सचिवमा थम्मन रास्कोटी मगर, सह–सचिवमा नन्दा पचभैया, कोषाध्यक्षमा अन्जु थापा, सह–कोषाध्यक्षमा टिना राना र कमल गाहा निर्वाचित भए । यस्तै सदस्यहरूमा नारायण बस्याल, मनोज गोतामे, श्रीजना अधिकारी, विष्णु पन्त, नारायण कुँवर, माया सारु, रमेश भट्टराई, सित्तल लामिछाने, दिनेश काफ्ले, पुरन राना र नैना परियार चयन भएको सदस्य सिर्जना अधिकारीले जानकारी दिइन् । उनका अनुसार त्यस्तै सन्तोष बस्याल, मदन देउराली, भरत खड्की, मेख सारु, रेवती राना र खेमगोपाल सारु सल्लाहकारमा चयन भएका छन् ।

नव निर्वाचित महासचिव सुमन गैरेले रास्ट्रीय लोक दोहोरी गीत प्रतिष्ठानमा नअटाएका कलाकारले गठन गरेको संस्था हो भन्ने जिज्ञासामा संस्था गठन दोहोरी गीत प्रतिस्ठान पाल्पाको विरुद्ध नभई कलाकारहरू हकहितको लागि गठन गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । स्रोतले जनाए अनुसार कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानमा आबद्ध कलाकारको उपस्थिति रहेको थिएन ।