सिद्धबाबाको निशुल्क स्वस्थ्य शिविर

बुलेटिन संवाददाता
१ भाद्र २०७६, आईतवार १९:१३

१ भदौ, बुटवल । कपिलबस्तुको पटना स्वस्थ्य चौकी वाणगंगामा निशुल्क स्वस्थ्य शिविर संचालन भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय स्वस्थ्य निर्देशनालय जिल्ला स्वस्थ्य कार्यालय पटना स्वस्थ्य चौकी वाणगंगाको आयोजनामा सिद्धबाबा सुपरस्पेशलिष्ट ईन्टरनेश्नल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

शिविरमा मृर्गौला रोग विशेषज्ञ डा.शक्ति बस्नेत, दम तथा छाती रोग विशेषज्ञ डा.यमन चन्द्र प्रधान, पेट तथा कलेजो रोग विशेषज्ञ डा. दिनेश गौतम, मुत्र रोग विशेषज्ञ डा.सुवास चन्द्र गौतम गरि विशेषज्ञ चिकित्सकसहित २५ जना अस्पतालका प्राबिधिक टोलीले शनिबार दिनभरि विरामीको जाच गरेका थिए । स्वस्थ्य शिविरमा कपिलबस्तु क्षेत्रको करीब एक हजार विरामीहरुको निशुल्क परिक्षण, उपचार भएको अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।

अस्पताल ब्यवस्थापनबाट वार्षिक कार्ययोजना अनुसार दुर्गम र विपन्नको वसोबास भएको क्षेत्रमा निशुल्क स्वस्थ्य शिविरमार्फत सेवा दिदै आएको उनले बताए । शिविरमा सोनपुर वरपरका थारु समुदायका बस्तीबाट ठुलो संख्यामा विरामीहरु उपचारका लागि आएका थिए ।

शिविरमा विरामीहरुलाई मुटुको ईसिजी जाच, मेशिनबाट फोक्सोका जाच (पिएफटी), प्रयोगशालाका साथै औषधी निशुल्क उपलब्ध गरिएको थियो ।