एनआरएनए कोरियाको वरिष्ठ उपाध्यक्षमा सुब्बाको उमेद्वारी घोषणा

बुलेटिन संवाददाता
३१ श्रावण २०७६, शुक्रबार १०:२५

३१ साउन, सौल । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्षमा डब्बर सुब्बाले उमेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका संस्थापक अध्यक्ष समेत रहेका सुब्वाले एनआरएनए कोरियामा रहेका वेथितीहरु बाहिर ल्याउनकालागि आफुले उमेद्वारी घोषणा गरेको बताए ।

एनआरएनए कोरियाको सातौँ अधिवेसन नजिकिएसँग विभिन्न पदकालागि उमेद्वारी घोषणा गर्ने क्रम जारी छ । लामो समयदेखि कोरियामा रहेर पत्रकारिता गरिरहेका सुब्बाले यसअघिदेखि एनआरएनए कोरियामा हुँदै आएको भनिएको आर्थिक अनियमित लगायतका विषय बाहिर ल्याउनु नै आफ्नो उमेद्वारीको मुख्य उद्देश्य रहेको बताउँछन् ।

सुब्बाले सन २०१२ मा एनआरएनए कोरियाले नेपालमा हाईड्रोपावरमा लगानी गरेपनि त्यो रकम कहाँ गयो अहिले सम्म बाहिर नआएकाले संस्था भित्र गएर त्यो खोतल्न चाहेको बताएका छन् । यसकासाथै नेपाल हाउसका विषयमा यहाँका नेपालीसम्म नपुगेको सत्यता पनि खोतलेर बाहिर ल्याउन आफ्नो उमेद्वारी रहेको उनको भनाई छ ।


आगामि सेप्टेम्बर २१ र २२का लागि तय गरिएको संघको अधिवेसन नजिकै आउन लाग्दा ४ जनाले अध्यक्षको उमेद्वारी दिने घोषणा गरिसकेका छन् ।