युवा नेतृत्व विकासका लागि बुटवलमा तनाव ब्यवस्थापन तालिम

बुलेटिन संवाददाता
२९ श्रावण २०७६, बुधबार १९:०८

झविन्द्र देवकोटा
२९ साउन, बुटवल । रुपन्देहीको बुटवलमा युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि एक दिने ब्यवसायिक दक्षतावृद्धि तथा तनाव ब्यवस्थापन सम्वन्धी सेमिनार भएको छ ।

बुटवल महिला जेसिजले जिल्लाका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुहरुकाबीचमा गरेको कार्यक्रममा झण्डै दुई सय जना युवा युवतिहरुको सहभागिता रहेको थियो ।

महिला जेसिजका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेशनल मोटिभेटर योगी नवराज छम फ्युयाल र मोटिभेटर स्पीकर गम्भिर श्रेष्ठले जीवन जिउनेकला, योग र जीवनको महत्व, तनाव ब्यवस्थापन तथा ब्यवसायिक सफलता, उत्प्रेणाका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा ज्योती लाईफ इन्स्यूरेन्स कम्पनीका प्रदेश संयोजक चरण तिमल्सेना, बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपाने, रोटरी क्लव अफ तिलोत्तमा बुटवलका अध्यक्ष भगवती पाण्डे, महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पुर्व अध्यक्ष राधिका पोखरेल, अध्यक्ष सल्लाहकार अनुपमा श्रेष्ठ, उपाध्यक्ष रुपा श्रेष्ठ पाठक लगायतले समृद्ध मुलुकका लागि युवा नेतृत्व र नेतृत्व विकासको आवश्यकता रहेको बताएका थिए ।

महिला जेसिजका पुर्व अध्यक्ष ज्ञानधरा पन्तको संचालनमा भएको कार्यक्रममा जेसिज, रोटरी, लायन्सका प्रनिनिधी तथा विद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।