लुम्बिनीमा कृषि बिपद ब्यवस्थापन अभिमुखीकरण

बुलेटिन संवाददाता
२९ श्रावण २०७६, बुधबार १८:१९

२९ साउन, लुम्बिनी । प्रकोप ब्यवस्थापन केन्द्र ( सी.डी.एम. नेपाल ) को आयोजनामा प्राकृतिक तथा मानवीय कारणले सिर्जित बिपद र जोखिम न्यूनिकरणका लागि एक दिवसीय अभिमुखी कार्यक्रम लुम्बिनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षक बिजय ठकुरीले सहभागीहरुलाई बिपद ब्यवस्थापन चक्र अन्र्तगत पूर्बतयारी ,पूर्बतयारी प्रतिकार्य,पुर्नलाभको सैद्धान्तिक र ब्यवहारिक पक्ष बारे जानकारी गराएका थिए ।

यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ र वडा नं. ५ स्थित ४० जना महिला कृषकहरुलाई बर्षे तरकारी काउली,धनिया, टमाटर,राजमा ,भाँजीको बीउ समेत बितरण गरिएको फिल्ड सुपरवाईजर कृष्ण कुमार तिवारीले जानकारी गराए ।