कर्णाली प्रदेशका मुख्यमन्त्री सहभागी भएको कार्यक्रमस्थल नजिकै बम विस्फोट

बुलेटिन संवाददाता
२९ श्रावण २०७६, बुधबार १७:५०

२९ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी भएको एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको बताइएको छ ।

बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बम विस्फोट भएको हो।

कार्याक्रममा सहभागी खड्ग शाहीले गाउँसभा भइरहेको स्थानबाट केही पर विस्फोटको आवाज सुनिएको तर कुनै क्षति नभएको जानकारी दिए ।

बम कसले र कुन कारणले विस्फोट गराएको हो भन्ने बारे खुल्न सकेको छैन ।