पोखराको नर्व दुर्गा फर्निचरमा भीषण आगलागी

बुलेटिन संवाददाता
२८ श्रावण २०७६, मंगलवार १७:४०

२८ साउन, पोखरा । पोखरामा भीषण आगलागी भएको छ । पोखराको भाटभटेनी सुपर मार्केट अगाडि नर्व दुर्गा फर्निचरमा आगलागी भएको हो ।

फर्निचर पसलबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास गरिँदै छ ।

आगो नियन्त्रणको लागि ४ वटा दमकल प्रयोग गरिएको छ ।