लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन

बुलेटिन संवाददाता
२८ श्रावण २०७६, मंगलवार १४:३२

२८ साउन, काठमाडौं । लोकसेवा आयोगको विज्ञापनको विरोधमा मंगलबार पनि प्रदर्शन भएको छ।

आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक समुदायले संविधानको मर्म, समावेशी समानुपातिक सिद्धान्तविपरीत खुलाइएको लोकसेवाको विज्ञापन खारेज गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

आरक्षण बचाउ आन्दोलनको आयोजनामा लोकसेवा आयोगको विज्ञापनविरुद्ध विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । गत आइतबार काठमाडौंको भद्रकालीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।