झापाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

बुलेटिन संवाददाता
२७ श्रावण २०७६, सोमबार १२:३६

२७ साउन, काठमाडौं । झापाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ । सोमबार विहानै उक्त कार्यालयमा बम विस्फोट भएको हो ।

नगरपालिकाका दुई वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिहान करिब साढे ४ बजेको समयमा विर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो ।

बम बिस्फोट कसले गराएको हो भन्ने बारेमा भने अहिलेसम्म एकिन भइसकेको छैन । बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएको बताइएको छ ।

विस्फोटका कारण कार्यालयको झ्यालका सिसा फुटेका छन । त्यस्तै कार्यालय नजिकै रहेका घरका सिसा पनि फुटेको बताइएको छ ।