२०७६ श्रावण २६ गतेदेखि ३२ गतेसम्मको साप्ताहिक राशिफल

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
२६ श्रावण २०७६, आईतवार १०:४७

मेष : आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ ।सकारात्मक सोच बढ्ने छ । तपाईंको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

वृष : यो साता मध्यम छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले काममा असर पर्नसक्छ । साताको प्रारम्भमा केहि राम्रो भएता पनि बुधबार पछि अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।

मिथुन : अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त  हुनेछ । जागिरेमा बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ ।

कर्कट : एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ  ।छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ ।

सिह : सामान्यतया यो साता मध्यम छ । अध्यनमा बाधा आउला । ब्यापारमा केही नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ । पारिवारिक असमझदारी बढ्न सक्छ । यद्यपि बुधबारदेखि राम्रो समय आउने छ । पुराना कमजोरी सच्याउदै अगाडि बढ्ने अवसर मिल्ने छ ।

कन्या : शत्रुपक्ष कमजोर हुने छन् । समाजिक  क्षेत्रमा
लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग
प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्,  स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ
दिनेछन् ।

तुला : आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।

वृश्चिक : साताको सुरूका दिनहरू प्रतिकुल छ्न् ।स्वास्थ्यमा समस्या आउन सक्छ । सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । साताको मध्यबाट राम्रो छ । यात्रा सहयात्रा सफल हुन्छ ।

धनु : प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि यो साता आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ ।

मकर : वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै
नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ ।

कुम्भ : परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र
भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।खानपिनमा रूचि बढ्ने छ । शुभ समाचार सुन्न पाइने छ ।
मान्यजनको आशीर्वचन प्राप्त मिल्ने छ ।

मीन : राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न
लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरीमा प्रगति होला ।

प्रस्तुतकर्ता : ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. १ नयाँमिलचोक
सम्पर्क न.९८५७०३५४६१
(ज्योतिष,वास्तु र कर्मकाण्ड सम्पुर्ण सेवाका साथै  प्रशिक्षण पनि दिइन्छ ।)