भवानी टोल विकास संस्थाको आयोजनामा निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

बुलेटिन संवाददाता
२५ श्रावण २०७६, शनिबार १८:५९

२५ साउन, बुटवल । भवानी टोल विकास संस्था बुटवल ११ को आयोजनामा एक दिने निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

टोल विकास संस्थाले बार्षिक कार्यक्रम अनुसार आयोजना गरेको स्वास्थ्य शिविरबाट २ सय जनाले स्वास्थ्य लाभ लिएको टोल विकास संस्थाका अध्यक्ष बेद प्रसाद पौडेलले जानाकारी दिए ।

मेडिटेक अस्पताल बुटवलको प्राविधिक सहयोग र व्यवसायी सुरज भट्टराईको सहयोगमा भएको स्वास्थ्य शिविरमा डा. शतिस रुपाखेती, डा. गंगा पाण्डे लगाएतले टोलीले शिविरमा परिक्षण गरेका थिए । स्वास्थ्य शिविरको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सुष्मा अर्यालले गरेकि थिईन । सो अवसरमा बोल्दै उनले पाठेघरको नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिईन ।

उनले धेरै महिलाहरुले लाज मानेर आफ्नो उपचार नगराएको भन्दै समयमा उपचार गरेर पाठेघरको मुखको क्यान्सर बाट जोगिन सक्ने उनको भनाई थियो ।

कार्यक्रम संस्थाकी उपाध्यक्ष कल्पना पाण्डे मगरको स्वागत तथा सचिव कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।