महिला संघको स्थापना दिवसको अवसरमा कावासोतीमा सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण

बुलेटिन संवाददाता
२५ श्रावण २०७६, शनिबार १४:०२

२५ साउन, कावासोती । नेपाली काग्रेसको भातृ संगठन नेपाल महिला संघ नवलपुरले आफ्नो ७२ औ स्थापना दिवसको अवसरमा कावासोतीमा सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण गरिएको छ ।

नेपाल महिला संघ नवलपुरको आयोजनामा भएको युवा लक्षित सुरक्षित महिनावारी, लागुपदार्थ दुव्यर्सनी तथा ट्राफिक नियम पालना सम्बन्धी सचेतना कार्यक्रममा लुम्बिनी आदर्श डिग्री कलेज कावासोती, जिल्ला प्रहरी कार्यालय नवलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय एवं नेविसंघ क्याम्पस इकाइ समितिको सहकार्य रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले नवलपुरमा लागुपदार्थ दुव्यर्सनीको अवस्था र युवा अवस्थामा लागु औषधले पार्ने प्रभावको बारेमा जानकारी गराए ।

यसैगरी ट्राफीक नियमको बारेमा जिल्ला प्रहरी कार्यालय नवलपुरका इन्चार्ज शुरेस कुमार शाह र महिनावारी सम्बन्धी कुमारी नर्सिङ्गका प्रिन्सिपल सरस्वती तिमिल्सिनाले सचेतना प्रदान गरेका थिए ।

नेपाल महिला संघ नवलपुरका अध्यक्ष विमला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद एवम् सभासद महेन्द्र ध्वज जिसीले नेपाल महिला संघले आफनो स्थापना दिवसमा आयोजना गरेको युवा लक्षित सचेतना मुलक कार्यक्रम प्रशासनीय रहको बताए।

देशको कर्णधारको रुपमा रहेको हरेक युवा स्वस्थ र सवल भएमात्र देश बन्ने बताउनुहुदै पुर्व ससद जिसीले नेपाली कग्रेसले युवाहरुको जोश जागरलाइ आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।

यसैगरी कार्यक्रममा गण्डकी प्रदेश सांसद एव नेपाल महिला संघका केन्द्रीय सदस्य ओमकला गौतम, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेल, नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, महिला नेतृ सुमित्रा खनाल लगाएत विभिन्न संघ सस्थाका प्रमुख एव प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सरस्वती तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ स्यानेटरी प्याड ट्राफिक समेत वितरण गरिएको थियो ।