मिसेस नेपाल इन्टरनेसनल २०१९ को अडिसन

बुलेटिन संवाददाता
२१ श्रावण २०७६, मंगलवार १३:५३

२१ साउन , काठमाडौं । विभिन्न उमेरसमूह र वर्गका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्ट प्रालिले विशेष प्रतियोगितास्वरूप मिसेस नेपाल इन्टरनेसनल २०१९ गर्ने भएको छ।

रमाइलो एचडीको सहकार्यमा हुने पाँचौं संस्करण लैंगिक असमानताविरुद्धको अभियान भन्ने नाराका साथ हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए ।

असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि गत साता पहिलो चरणको अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन आगामी शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने जानकारी उनले गराए।

गत साता प्रतियोगितामा सामेल हुन चाहने महिलाको अभिनेत्री तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के बराल र कोरियोग्राफर अश्विनी झाले अडिसन लिएका थिए भने आगामी शनिबार अभिनेता राजेश हमाल, पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, रंगकर्मी अनुप के बराल, कोरियोग्राफर अश्विनी झा र गायक आभास लाभले अडिसन लिनेछन्।

अटायर पाटनर आईआईएफटी नेपाल र मेकअप पाटनर फेसियल हाउसको प्रतियोगिताका लागि दुई चरणका अडिसनबाट छानिएका महिलालाई विभिन्न विषयका विज्ञबाट ६ हप्ताको तालिम प्रदान गरिने झाले बताए।

तालिम अवधिमा कोरियोग्राफी, ग्रुमिङ, टेबल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्तरसंवाद, पब्लिक स्पिकिङ, हेयर एन्ड मेकअप क्लास, शारीरिक हाउभाउ, महिला सशक्तीकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाइल, मानव अधिकार तथा कार्यक्रमसम्बन्धी कानुनी सल्लाहलगायतका व्यक्तित्व विकाससम्बन्धी विभिन्न विज्ञबाट कक्षा लिइने उनले जानकारी गराए।

प्रतियोगिताका सहभागीलाई पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल, अनुप के बराल, वीरेन्द्र हमाल, सुष्मा महरा, पूर्ण लामा, सञ्चिता लुइँटेल, विकास थपलिया, कृष्ण ढुंगाना, सरोज प्याकुरेल, धीरेन्द्र पे्रमर्षीलगायतले यी विषयको ज्ञान दिनेछन् ।

प्रतियोगिताको प्रमुख विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्पmबाट सहभागी हुने अवसरका साथ स्कुटर तथा विभिन्न अवसर प्राप्त गर्नेछिन्। भने पहिलो, दोस्रो र तेस्रो विजेताले विभिन्न अवसरका साथै अन्तर्राष्ट्रिय पेजेन्टमा भाग लिने अवसरसमेत पाउनेछन्।