साउन २४ गते झिरेली दाई सहयोगार्थ क्षितिज साँझ हुने

बुलेटिन संवाददाता
२० श्रावण २०७६, सोमबार १७:०५

२० साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा मणिग्राममा साउन २४ गते क्षितिज साँझ हुने भएको छ ।

क्षितिज ईन्टरनेशनल कलेज विविए छैठो संकायका विद्यार्थीहरुको आयोजनामा हुन लागेको साँझको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

कञ्चन गाउपालिका वडा नं ३ घर गरेका हुम बहादुर गन्धर्व-झिरेली” सहयोगार्थ क्षितिज साँझको आयोजना गरिएको कार्यक्रम संयोजक बोनिश सेनले जानाकारी दिए ।

झिरेलीको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण उनको सहयोगका लागि क्षितिज साँझको आयोजना गरिएको उनको भनाई छ ।

साँझमा झिरेली दाईको सारङगी विशेष प्रस्तुती हुनेछ । मणिग्रामको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने कार्यक्रममा झिरेली दाईको प्रस्तुती बाहेक चर्चित सिन्थेरिस नेपाल, संंस्कार, डिजे स्टेर्गल व्यान्डको प्रस्तुती रहनेछ ।

साँझबाट उठेको रकम झिरेली दाईलाई प्रदान गरिने आयोजकको भनाई छ । कार्यक्रम दिउसो ४ बजे देखि ९ बजे सम्म हुनेछ ।