मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्धारा आर्सनल पराजित

बुलेटिन संवाददाता
२० श्रावण २०७६, सोमबार १५:१८

२० साउन, काठमाडौँ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ३६ औ मिनेटमा पिरे एमरिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । आईन्सले मैटल्याण्ड नाईल्सको ६९ औ मिनेटमा आत्मघाति गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुईस स्वारेजले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल रहे । प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदान उतारेपनि हार टार्न भने सकेन ।

आर्सनलले आगामी आईतबार न्युक्यासलसंग खेल्दै प्रिमियर लिगको सूरुवात गर्दैछ ।