१६ वर्षकी किशोरी आफन्तबाटै बलात्कृत,गर्भपतनको समयमा फूपाजु गिरफ्तार

बुलेटिन संवाददाता
१९ श्रावण २०७६, आईतवार १४:१९

१९ साउन, एजेन्सी । नेपालको सीमावर्ती भारत उत्तर प्रदेशमा १६ वर्षीया किशोरी गर्भवती भएपछि आफन्त पक्राउ परेका छन् ।

गर्भपतन गर्न लगेका बेला घटना सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पुलिसले बलात्कारको आरोपमा किशोरीका फूपाजुलार्य नियन्त्रणमा लिएको छ ।

पीडित किशोरीको परिवारले आफ्नै घरमा आएर बसेका नातेदारले किशोरीलाई धम्की दिएर पटक पटक बलात्कार बनाएको बयान दिएका छन् । किशोरी गर्भवती भएपछि घटना लुकाउन गर्भपतनको तयारी भएको थियो ।

गर्भपतनको समयमा किशोरीकी आमाले घटना थाहा पाएपछि पुलिसमा रिपोर्ट गर्न गइन् । अहिले आरोपी विरुद्ध मुद्दा चलिरहेको छ । किशोरीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।