कराँते खेलाडीहरुको प्रशिक्षण शुरु

बुलेटिन संवाददाता
१७ श्रावण २०७६, शुक्रबार १७:५२

१७ साउन, रुपन्देही । जापान गोजुरियो कराते डो मिसन संघ नेपालले कराँते खेलाडीहरुलाई तीन दिने सेमिनार तथा बन्द प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ।

रुपन्देही तिलोत्तमा नगर पालिका वडा न ७ भलवारी अवस्थित प्रभात आधारभुत स्कुलमा ३ दिन सम्म हुने सेमिनार तथा वन्द प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव घिमिरेले सबै खेलाडीहरु राष्ट्रका सम्पती भएकोले संरक्षण गर्ने दायित्व सरकारको भएको बताए । उनले खेलाडीहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सहयोग गर्ने बताए ।

संघका प्रमुख सल्लाहकार भरत बहादुर केसिले खेलाडी राष्ट्रका गहना भएपनि सरकारले उचित सम्मान दिन नसकेको गुनासो गरे । मिसन संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के बि राना काजीले कराँतेका बिभिन्न विधामा प्रदेशका खेलाडीहरुको प्रदर्शन राम्रो रहेको बताए ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष शतिस कुमार चौधरी , वडा न ७ का वडा अध्यक्ष दुर्गा पाण्डे ,विद्यालय व्यबस्थापन समितीका अध्यक्ष ठाकुर प्रसाद पंगेनी ,भगवती भण्डारी , धन बहादुर गुरुङ , मनोज राना , धना थापा, शेर बहादुर राना ,जितेन्द्र शाही ,शोभा राना लगायतले बोल्दै प्रदेश विभिन्न खेलका विधामा अगाडी रहेको बताए ।

देशका विभिन्न स्थानका २०० जना खेलाडीहरु सहभागि रहेको सेमिनार तथा वन्द प्रशिक्षणमा प्रमुख प्रशिक्षक के बि रानाले तीन दिन सम्म प्रशिक्षण दिने संघका जिल्ला अध्यक्ष उमेश थापाले जानकारी दिए ।