नकआउट फुटवल प्रतियोगिता–२०७६ मा  स्मृति र स्कलर्स सेमीफाईनलमा

बुलेटिन संवाददाता
१७ श्रावण २०७६, शुक्रबार १३:०५

१७ साउन, बुटवल । रुपन्देहीमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को जिल्लास्तरीय छनौट खेलमा अन्तिम चार टिमको टुङ्गो लागेको छ ।

विहिबार भएको क्वाटरफाईनल खेलमा फसार्टिकर सिद्धार्थले पशुपति माविलाई १–० गोल, स्मृति बोर्डिङ्ग स्कुलले जनज्योती माविलाई १–० गोल तथा स्कलर्स होम स्कुलले पर्ल मावि कोटिहवालाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।

समुह ‘सी’ को अन्तिम क्वाटरफाईनलमा खेलमा स्कलर्स होम स्कुलले पर्ललाई स्तब्ध पारेको थियो । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलमा स्कलर्सको जितमा एकमात्र गोल युकेश सुनारले खेलको ५३ औ मिनेटमा गरेका थिए । उनि म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार हुने पहिलो सेमीफाईनल खेलमा सिद्धार्थ बोर्डिङ्ग स्कुलले स्मृति बोर्डिङ्ग स्कुल तथा दोस्रो सेमीफाईनल खेलमा फर्साटिकर सिद्धार्थले स्कर्लस होम स्कुलसंग सामना गर्ने रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताए । प्रतियोगितामा रुपन्देही यसैगरि छात्रा फुटबलमा स्मृति, सिद्धार्थ ई बो स्कुल, शान्ति नमुना मावि र जनज्योती मावि सेमीफाईनलमा प्रवेश गरेका छन ।

स्मृति बोर्डिङ्ग स्कुलले पशुपति माविलाई १४–० गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । अर्को खेलमा जनज्योती माविले नबिन औद्योगिक माविलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । जनज्योतीको जितमा उर्मिला पौडेल क्षेत्रीले खेलको १९ औ तथा अनुष्का बिकले ३४ औ मिनेटमा गोल गरेकी थिईन । खेलमा अनुष्का विक म्यान अफ दी म्याचबाट पुरस्कृत भईन ।

शुक्रबार छात्रातर्फको पहिलो सेमीफाईनलमा सिद्धार्थ ई बो स्कुलले शान्ति नमुना मावि तथा दोस्रो सेमीफाईनल खेलमा स्मृति बोर्डिङ्ग स्कुलले जनज्योती माविसंग खेल्ने छ ।