भानु जयन्तीको अवसरमा पोर्चुगलमा बिशेष कार्यक्रम

बुलेटिन संवाददाता
१६ श्रावण २०७६, बिहीबार १४:३३

१६ साउन, लिस्बोन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास्) पोर्चुगल द्वारा आयोजित २०६औं भानु जयन्ती एक बिशेष रचना वाचन कार्यक्रमसहित समपन्न भएको छ ।

कार्यक्रममा आदिकवि भानुभक्तको सम्झना र सम्मानमा आचार्यको तस्विरमा फूलका गुच्छा अर्पण गरिएको थियो ।

कार्यक्रममा भानुभक्तको जीवनी र उनले नेपाली भाषा साहित्यको क्षेत्रमा गरेको योगदानको स्मरण गरिएको थियो । भानुको सम्झनामा पोर्चुगलको नेपाली डायस्पोरामा कृयाशिल रहेका दर्जनभन्दा बढी सर्जकले आफ्नो रचना वाचन गरेका थिए ।

अज्ञाम थार्च, कृष्ण कँडेल, कमल प्रसाद सापकोटा, अरुण भेटवाल, बद्री बाबु पोखरेल, निरु न्यौपाने, सारिता भन्डारी, निम ल्हमु शेर्पा, स्पन्दन विनोद, सुनिल सङ्गम,वाईबी गुरुङ लगाएतका साहित्यकारले कविता, गीत, गजल वाचन गरेका थिए ।

कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष तिलक गैरे र नारायणकाजी थापा, आदिवासी जनजाति महासङ्घ पोर्चुगलकी उपाध्य्क्ष निम ल्हमु शेर्पा, मदन भन्डारी स्पोर्ट्स क्लवका महासचिव हेमराज सुवेदी, नेपाली महिला समजकी उपाध्य्क्ष सुनिता ढकाल, महसचिव सरिता भन्डारी लगाएतका वक्ताहरुले मन्तव्य राखेका थिए ।