अन्तर विद्यालय छात्र तथा छात्रा फुटवल जारी

बुलेटिन संवाददाता
१५ श्रावण २०७६, बुधबार १९:२८

१५ साउन, बुटवल । रुपन्देहीमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को जिल्लास्तरीय छनौट खेल अन्तरगतमा सिद्धार्थ मावि, फर्साटिकर सिद्धार्थ मावि, पर्ल सेकेण्डरी स्कुल, पशुपति मावि विजयी भएका छन ।

एन्फा टेक्निकल सेन्टर, बुटवल देवीनगरमा भएको खेलमा सिद्धार्थको जितमा सुशिल रोकाहाले खेलको ३२ र ४९ तथा कुशल गुरुङले १३ औ मिनेटमा गोल गरेका थिए । स्मृतिका कृष्ण थापाले खेलको ३५ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा शुशिल रोकाहा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

 

यसैगरि बुधबार भएको खेलमा फर्साटिकर सिद्धार्थ माविले केरवानी माविलाई २–० गोल, पर्ल सेकेण्डरी स्कुलले नबिन औद्योगिक माविलाई ३–० गोल, सिद्धार्थ बो स्कुलले स्मृति बो स्कुललाई ३–१ गोल तथा पशुपति माविले ज्ञानकुन्ज ई बो स्कुललाई १–० गोलले पराजित गरेको छ ।

पहिलो खेलमा फर्साटिकर सिद्धार्थको जितमा सुजन पौडेलले खेलको ३५ र ४१ औ मिनेटमा गोल गरेका थिए । उनि खेलका म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । यसैगरि पर्लको जितमा अशोक थापाले खेलको ५९ र ६० औ मिनेटमा तथा शिविर नेपालले २३ औ मिनेटमा गोल गरेका थिए ।

खेलमा अशोक थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । अर्को खेलमा पशुपति माविले ज्ञानकुन्ज ई बो स्कुललाई एक शुन्य गोलले पराजित गरेको थियो । पशुपति माविको जितमा जय प्रकाश मरासिनीले ४५ औ मिनेटमा गोल गरेका थिए ।

खेलमा पशुपतिका रुपनारायण थारु म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार नै भएको छात्रा फुटबलमा सिद्धार्थ बोर्डिङ स्कुलले देवदह ई बो स्कुललाई ७–० गोल अन्तरले पराजित गरेको छ । सिद्धार्थको जितमा आश्माह रानाले ह्याट्रिक गरिन ।

उनले खेलको १२, १७, १८, २० गोल गरेकी थिईन । खेलको तेस्रो मिनेटमा सृजना घिमिरे, ९ औ मिनेटमा रोजिना कार्कीले गोल गरेका थिए । देवदहका बिनिता थापाले खेलको चौथौ मिनेटमा आफनै पोष्टमा गोल गरेका थिए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका नीजि तथा सामुदायिक विद्यालयहरुका ४३ टिमलाई ४ समुहमा खेलाईएको छ । यसैगरि ७ वटा छात्रा टिमका बिचमा खेल हुने छ ।