शर्मिला गुरुङको सुन्दै नाचम नाचम लाग्ने कालिनदी बग्यो सलल…. सार्वजनिक (भिडियो सहित)

बुलेटिन संवाददाता
१४ श्रावण २०७६, मंगलवार १९:२०

१४ साउन, बुटवल । हिन्दु नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै गर्दा यस पर्वलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ ।

यसै क्रममा नेपाली लोक संगीतमा चर्चित गायिका शर्मिला गुरुङ्ग र उदयिमान यज्ञ सापकोटाको स्वरमा रहेको नयाँ पारिवारिक तथा मौलिक तीजगीत “कालिनदी बग्यो सलल” भिडियो सहित सार्बजनिक गरिएको छ। उक्त गीतमा लगातार हिट गित दिदै आएका गीतकार शिव पी सुवेदीको लय तथा शब्द रचना रहेको छ भने, सुमधुर संगीतका धनी महेश बिक्रम पाण्डेले सङ्गीत गरेका छन ।

म्युजिक भिडियोको क्षेत्रमा निर्देशन र अभिनयमा पोख्त मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडेल रिना थापा मगर र मदन खड्काको अभिनय रहेको छ ।

उत्त गीत शिव दर्शन फिल्म्स मार्फत सार्बजनिक गरियको छ। बिगतका बर्षमा पनि थुप्रै तीज बजारमा ल्याएर चर्चा कमाएका शिव पी सुबेदीको संकलनमा बनेको गीतले यस बर्ष पनि दर्शक र श्रोताको माया पाउने आशामा छन । गितकार सुबेदी हेरौ यो जुरुक्कै उभिएर नाच्न हुरुक्कै बनाउने गीतले दर्शकलाई कत्तिको रमाउन सिकाउने छ ।

भिडियो सहित

https://youtu.be/QC8eCTvgB6s