मीना के सीको घन्किदे मादलु सार्बजनिक ( भिडियो सहित )

बुलेटिन संवाददाता
१४ श्रावण २०७६, मंगलवार ०२:५५

१४ साउन, बुटवल । नेपालिहरुको महान चाड हरितालिका तीज नजिकिदै जादा बजारमा एउटा छुट्टै किसिमको मौलिक तीज गीत सार्वजनिक भएको छ ।

गायिका मीना के सी को स्वरमा सजिएको घन्किदे मादलु….बोलको गीतमा नेपालकै चर्चित सङीतकार अर्जुन पोख्रेलले संगीत गरेका छन भने यसवर्षकै सफल गीतकारका रूपमा चिनिएका लोकराज अधिकारीको शब्द रहेको छ ।

प्रदेश न. ५ कै उत्कृष्ट शहरका रुपमा चिनिने बुटवलमा छायांकन गरिएको उक्त गीतलाइ श्रीनगर फिल्मसले दृश्य निर्माण गरेको छ ।

मनिष पन्थको छायांकन/निर्देशन, लोकेन्द्र शाहको नृत्य रहेको गीतमा कलाकारहरु मेनका थापा, शिक्षा पोख्रेल, इरा भट्टराई, भारती जोशी र कमला तिवारीको अभिनय रहेको छ ।

पछिल्लो समयमा नेपाली म्युजिक भिडियोको फिल्ड्मा निकै उच्च स्तरीय खालका भिडियो बन्दै आएका छन ।

भिडियो सहित