सञ्चारकर्मि अनिल पहाडीको दौंतरी सार्वजनिक

बुलेटिन संवाददाता
१२ श्रावण २०७६, आईतवार ११:२६

१२ साउन, बुटवल  । गायक तथा सञ्चारकर्मि अनिल पहाडीले दौंतरी एल्वम सार्वजनिक गरेका छन् ।  मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक स्वामी लोकानन्दले शनिबार धाममै उक्त म्यूजिक भिडियो सार्वजनिक गरे ।

कार्यक्रममा पिठाधिस स्वामी लोकानन्दले सनातन धर्मले जातभातको विभेद नगर्ने बताए । उनले प्रेम नभएको ठाउमा कुनै पनि विभेद नहुने बताउदै त्यसलाई संगित मार्फत व्यक्त गरेको बताए ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले मुक्तिनाथधाममा विमोचन गरेर जातिय समानताको सन्देश दिने काम गरेको बताए । म्यूजिक भिडियोको समक्षा गर्दै ऋषि न्यौपानेले भिडियोले मनोरञ्जनसंगै अन्तरजातिय प्रेमले समाजलाई सकरात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा अटो व्यवसायी विश्वराज गैरे, नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव रामप्रसाद आचार्य, स्वतन्त्र पत्रकार संघ प्रदेश ५ का उपाध्यक्ष ईश्वर पौडेल,लोक दोहरी गित प्रतिष्ठान रूपन्देहीका सहकोषाध्यक्ष रेशम खनाल , ले बोल्दै गितको सफलताको कामना गरे ।

कार्यक्रममा मोडल प्रमिला कार्किले समाजमा दलित र गैरदलितका विच रहेको भेदभावलाई अन्त्य गर्ने सन्देश दिने म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाएको बताईन ।

दौतरीमा गायक अनिल पहाडि र गायिका मेलिना राईको स्वर रहेको छ ।  गायक पहाडिको अध्यक्षता, लोकदोहरी गित प्रतिष्ठान रूपन्देहीका प्रवत्ता दीपक दर्लामीको स्वागत,गायक तथा सञ्चारकर्मि दिपु मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।