बगनासकाली साहित्य परिषद्मा स्नेहमिलनसहित लघु गोष्ठी

बुलेटिन संवाददाता
११ श्रावण २०७६, शनिबार १४:२७

पाल्पा १०, श्रावण
बगनासकाली साहित्य परिषद् पाल्पाले गाउँपालिकाको वार्ड नं. १ मा शुक्रबार स्नेहमिलन कार्यक्रम सहित लघु साहित्यिक गोष्ठी सम्पन्न ग¥यो । परिषद्को गाउँपालिकाको फरक–फरक वडामा फरक शैलीको कार्यक्रम गर्ने आ.व.२०७६/०७७ को पूर्व निर्धारित कार्यक्रम अन्र्तगत शुक्रबार वार्ड नं. १ को चिर्तुङ्गधारामा स्नेहमिलन कार्यक्रमसहित लघु साहित्यिक गोष्ठी आयोजना गरेको हो ।

परिषद्का संरक्षक राजेन्द्रगोपाल सिंहले पाल्पाली साहित्यको इतिहास र गतिविधिका बारेमा संक्षिप्त रूपमा प्रकाश पार्दै विदेशमा रहेपनि सर्जकले नेपाल र नेपालीलाई विर्सन नहुने जनाए । संरक्षक सिंहले कार्यक्रमहरू जिल्लाकेन्द्रित मात्र नभई ग्रामिण क्षेत्रमा सञ्चालन गरिनुले साहित्यकारहरूलाई गतिसिल बनाउँदै साहित्यिक उर्जा थपिने धारणा राखे । सोही अवसरमा परिषद्का सक्रिय सदस्य शान्ति अधिकारी देशबाहिर प्रस्थान गर्न लागेकोले परिषद्का पदाधिकारीले उच्च प्रगतिको कामनासहित शुभकामना, शुभेच्छा प्रकट गरेका थिए ।

परिषद्का सल्लाहकार एवम् पाल्पा साहित्य समाज र स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्कर अथक रेग्मीले पाल्पाली साहित्यमा महिलाहरूको योगदान विगतदेखिनै महत्वपूर्ण रहेको भन्दै देशविदेश जहाँ भएपनि सिर्जनालाई निरन्तरता दिदै लेखन क्षेत्रमामा निरन्तर लाग्न सुझाए । यस्तै परिषद्का सल्लाहकार धातानन्द शर्माले विदेशमा रहेपनि स्रष्टाले आफ्नो समय व्यवस्थापन गर्दै सिर्जना क्षेत्रमा लाग्न प्रेरित गरेका थिए । उनले पाल्पाली साहित्यिक संघ संस्थामा सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा परिषद्का अध्यक्ष भोजराज भट्टराई, उपाध्यक्ष गोमविक्रम क्षेत्री, सचिव ज्ञानु न्यौपाने, कोषाध्यक्ष गणेश नेपाली लगायतले देशबाहिर प्रस्थान गर्न लागेकी परिषद्का सक्रिय सदस्य शान्ति अधिकारीलाई सफल भविष्यको कामनासहित पाल्पा र पाल्पाली साहित्यिक संघ संस्थाहरूसँग नियमित सम्पर्कमा रहँदै हातेमालो गर्न सुझाव दिए ।

परिषद्की सक्रिय सदस्य शान्ति अधिकारीले आफू काम विशेषले देशबाहिर भएपनि पाल्पाली साहित्यिक संघसंस्थाहरूसँग निरन्तर सम्पर्कमा रहँदै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन । परिषद्लाई निरन्तर र सक्रियताका साथ अगाडि बढाउन आग्रह गर्दै कार्यक्रम आयोजना गरी आफूलाई विशेष सम्मानसहित सम्झना गरेकोमा आभार व्यक्त गरिन ।

लघु गोष्ठीमा परिषद्का आगामी नीति तथा कार्यक्रममाथि छलफल, पाल्पाली साहित्यमा परिषद्को आवश्यकता र औचित्यमाथी सामुहिक संक्षिप्त छलफल गरिएको थियो । बगनासकाली साहित्य परिषद् जिल्लामा गठन भएको कान्छो साहित्यिक संस्था हो । परिषद्ले आ.व.२०७६/०७७ मा स्थानीय सरकार, विभिन्न साहित्यिक संघसंस्थाको सहकार्यमा साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।