जेठी श्रीमतीले बहुविवाहको उजुरी गरेपछि छवि र शिल्पा बिरुद्ध पक्राउ पुर्जी जारी

बुलेटिन संवाददाता
८ श्रावण २०७६, बुधबार ११:०४

८ साउन, काठमाडौ । नायिका शिल्पा पोखरेल र छबिराज ओझा बिरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

बुधवार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले ओझा र पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महानगरीय प्रहरी परिसरले दुवै जना विरुद्ध पक्राउ पुर्जी आइसकेकाले अब पक्रेर अनुसन्धान थालिने जनाएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रहरीले अदालती आदेश अनुसार काम गर्ने बताएका छन् । ओझाकी जेठी श्रीमती हेमाले बहुविवाहको उजुरी गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

कुटपिट गरेपछि चौथो श्रीमती शिल्पाले ओझा बिरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन् । त्यस लगत्तै जेठी श्रीमतीले दुवै जनालाई बहुविवाहको मुद्दा दायर गरेकी हुन् ।